१०० वर्षमा छमछमी नाच्ने महिला

maitrinews

 

नाच्नलाई उमेरले छेक्दैन । इच्छा शक्ति भए जुनसुकै काम पनि सजिलै गर्न सकिन्छ । बेलायतमा बस्न सय वर्षीया महिला डिङ्की फ्लावर्स अहिले पनि नाच्छिन् र अरूलाई नाच्न सिकाउँछिन्।

शारीरिक अभ्यासका कक्षा चलाएर चलाउँदै आएकी फ्लावर्स नामकी यी वृद्धा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसका लागि कोष सङ्कलन गर्न सघाइरहेकी छन् ।
उनी एकदमै फूर्तिलोसँग सहजै नित्य गर्छिन् । कोरोना भाइरस फैलिएर लकडाउन गरिएपछि उनी झन् व्यस्त भइन् । नृत्यले उनलाई आत्मसन्तुष्टी मात्र दिएको छैन शारीरिक व्यायाम पनि ।