प्रधानमन्त्री ओलीलाई कमजोर बनाउने खेल विफल,संकटमा नेपाल
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा केपी शर्मा ओली पार्टी र सरकार दुवैमा झनै शक्तिशाली हुँदै जानुभएको छ। ओली नेतृत्वको सरकार टिकाउन एमाले र जनता समाजवादी पार्टीबीच सहकार्यको सम्भावना बढेको छ भने अर्कोतर्फ पार्टीभित्र विधान संशोधन गरेर अधिकार आफूमा केन्द्रित गर्न ओली सफल हुनुभएको छ ।
एमाले र जनता समाजवादी पार्टीबीचको वार्ता सकारात्मक बनेपछि गृहमन्त्री रामबहादुर थापाले कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका जसपा सांसद रेशम चौधरीको रिहाइका लागि वार्ता समिति बनाउने तयारी गर्नुभएको छ।
एमालेमा प्रवेश गरेका गृहमन्त्री थापाको यो अभिव्यक्तिले जसपासँगको वार्ता सकारात्मक भएको संकेत गरेको छ। ओली नेतृत्वको सरकारले विश्वासको मत लिएमा र जसपाले समर्थन गरेमा एक वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन पाइँदैन।
ओलीले फागुन २८ गते केन्द्रीय कमिटीको बैठक राखेर जिम्मेवारी खोस्ने, विधान संशोधनको प्रस्ताव अघि सार्ने तथा केन्द्रीय सदस्य थप गर्ने निर्णय गराउनुभयो। त्यसपछिका दुईवटा बैठकले विधान संशोधन, नेपाललगायतका चार नेतालाई स्पष्टीकरण सोध्ने तथा संसदीय दलको विधान संशोधन गरेर समानुपातिक सांसदलाई हटाउने अधिकार अध्यक्षलाई दिने निर्णय गरेका थिए।
नेपाल समूहले समानान्तर कमिटी गठन गरी चुनौती दिने र अन्तरसंघर्ष गर्ने नीति लिने भने पनि सो समूह कमजोर बन्दै गएको छ । पार्टीमा नेपाल समूहको अवस्था कमजोर छ । उनीहरुले चाहेर पनि केही गर्न सक्दैनन् ।
सरकारमा जसपासमेत सहभागी भएमा ओलीलाई थप सहज हुनेछ ।
नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेर पार्टीभित्रै अन्तरसंघर्ष गर्ने र एमालेलाई पुनर्जीवन दिने निर्णय गरेपछि ओलीले नेपाललगायत चारजनालाई स्पष्टीकरण सोध्नु भयो । त्यसको जवाफ उनीहरूले दिए पनि चित्त बुझ्दो छैन ।
जबाफ चित्तोबुझ्दो नभएकाले थप कारबाही हुनसक्छ ।
माओवादी अध्यक्ष प्रचण्डसित मिलेर अध्यक्ष ओलीलाई कमजोर बनाउने खेल अन्ततः नेपालका लागि आत्मघाती भएको छ ।