चीनले दियो आठ लाख डोज कोरोना खोप

maitrinews

 

 

काठमाडौं । चीनले नेपाललाई उपलब्ध गराएको कोभिड १९ विरुद्धको खोप भेरोसेल नेपाललाई हस्तान्तरण गरेको छ ।
त्रिुभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रममा आठलाख डोज सो खोप नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गर्नु भएको थियो । चीनले नेपाललाई सो खोप उपहार स्वरुप उपलब्ध गराएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जनाकारी गराउनुभयो ।