महोत्तरीका सात बालिका र किशोरी सम्पर्कविहीन

maitrinews

 

जनकपुरधाम । महोत्तरीमा घाँस काट्न गएका सात जना बालिका तथा युवती सम्पर्कविहीन भएका छन् । महोत्तरीको भंगहा नगरपालिका वडा ८ धरमपुरबाट मंगलबार दिउँसो घर नजिकैको खेतबारीमा घाँस काट्न गएका उनीहरु अबेर साँझसम्म घर नफर्किएको भंगहा नगरपालिकाका मेयर संजिवकुमार साहले जानकारी दिनुभयो ।

भंगाहा नगरपालिका धर्मपुरका १८ वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १८ वर्षीया नगिना पासवान, १० वर्षीया रंजना पासवान र १० वर्षीया सीमा पासवान सम्पर्कविहीन रहेको मेयर साहले जानकारी दिनुभयो ।

मेयर साहले भन्नुभयो, ‘चेलीहरु घाँस काट्न गएका थिए । उनीहरु अहिलेसम्म घर आएका छैनन् । खोजीका लागि प्रहरीलाई खबर गरेको छु ।’

साँझ ढिलासम्म घर नफर्किएपछि स्थानीय त्रसित बनेका छन् । महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बेपत्ता युवती तथा बालिकाहरुको खोजी कार्य जारी रहेको जानकारी दिनुभयो ।