भारतमा भेटिए बेपत्ता भएका सात बालिका र किशोरी

 

महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका–८ स्थित धर्मपुर टोलबाट बेपत्ता भएका सातजना बालिका र किशोरी भारतीय शहरमा भेटिएका छन्।

उनीहरु नेपाली सीमाभन्दा ५ किलोमिटर टाढा रहेको बिहार राज्यको सीतामढी जिल्लाको सुरशन गाउँमा भेटिएको भन्ने सूचना पाएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जनाकारी दिनुभयो ।। उनीहरु फेला परेको ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली गएको भट्टराईले बताउनुभयो ।

‘मानव तस्करीमा संलग्न गिरोहले उनीहरुलाई सीमावर्ती भारतीय जिल्ला सितामढीको सुरशन गाउँमा पुर्‍याएको आशंका गरिएको छ । उनीहरुलाई भारतीय सुरक्षा निकायसँग समन्वय गरेर नेपाल फर्काउने तयारी भइरहेको पनि भट्टराईले बताउनुभयो ।

बेपत्ता हुनेमा १८ वर्षीया अस्मिता पासवान, नगिना पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १३ वर्षीया ज्योति पासवान, १० वर्षीया रञ्जना पासवान, सीमा पासवान र रचना पासवान रहेका छन्। उनीहरु मंगलबार दिउँसो १ बजे घाँस काट्न गएका थिए। साँझ अबेरसम्म घरमा नआएपछि खोजतलास सुरु भएको थियो।