बेनिशा हमालको साँचेको माया नयाँ बिकल्प
काठमाडौं। पछिल्लो छिमलकी नेपाली नायिका बेनिशा हमाल हिजोआज फिल्म भन्दा म्युजिक भिडियोमा नै रमाएकी छन्। लकडाउन यता फिल्म खासै नबनेको अवस्थामा बेनिशा हमाल जस्ती मेधावी नायिकालाई पनि म्युजिक भिडियो वाहेक विकल्प भएन ।
हुन त बेनिशा हमाल मात्र नभइकन लकडाउन यता सवैको हाल त्यस्तै हो। गायिका प्रकृति सम्पदाको स्वरमा रहेको ‘माया साँचेको’ बोलको गीतको भिडियो बेनिशा हमालले अभिनय गरेको पछिल्लो म्युजिक भिडिया हो।
निर्देशक साकार पन्तको निर्देशनमा बनेको भिडियोको शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा निर्देशक पन्तका पिताजी ख्यातिप्राप्त हाँस्य अभिनेता सन्तोष पन्तको प्रमुख आतिथ्यतामा प्रिमियर भएको छ ।