मन्त्री आङबुहाङको सांसद पद गयो

maitrinews

दल फेरेर प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका टंक आङबुहाङ (लिम्बू)लाई माओवादी केन्द्रले सांसदबाट हटाएको छ । प्रदेश १ सभा माओवादी केन्द्रको संसदीय दलले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सांसद पदमा नरहने गरी हटाएको हो ।
ताप्लेजुङ (ख)बाट विजयी प्रदेश सांसद आङबुहाङ माओवादी केन्द्र संसदीय दलको नेता हुनुहुन्थ्यो । पछि एमाले माओवादी केन्द्रको एकता भएपछि नेकपा संसदीय दलको उपनेता बन्नुभयो ।
गत २८ फागुनमा एमाले केन्द्रीय सदस्यको शपथग्रहण गरेपछि उहाँको सांसद पद गएको हो ।