माओवादीले चार मन्त्रीको सांसद पद खोस्यो

maitrinews

 

काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुलाई कारबाही गरेको निर्णय संघीय संसद् सचिवालयमा बुझाएको छ ।

आज माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्य रहेका मन्त्रीहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साह सांसद नरहेको जानकारी गराएको हो । राष्ट्रियसभा सदस्य रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भने कारबाही गरिएको छैन ।
माओवादीका तर्फबाट ओली नेतृत्वको सरकारमा रायमाझी ऊर्जामन्त्री, भट्ट उद्योगमन्त्री, चौधरी श्रममन्त्री र साह सहरी विकासमन्त्री हुनुहुन्छ ।