माओवादीले बागमती प्रदेशसभा बैठक चल्न दिएन

 

मकवानपुर । माओवादीको अवरोधका कारण बागमती प्रदेश सभाको बैठक आज पनि अगाडि बढ्न सकेन । प्रतिपक्ष दलका नेताहरुले प्रदेश सरकारको विद्युतीय बस संचालन योजनाप्रतिको असन्तुष्टिले बैठक अगाडि बढ्न नसकेको हो ।
आजको बैठकको विशेष समयमा बोल्दै प्रदेशका प्रतिपक्ष दलका ४ जना नेताहरुले प्रदेश सरकारको विद्युतीय बस संचालनको योजना प्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
विशेष समयमा बोल्ने समय सकिएपछि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसदहरुले मुख्यमन्त्री डोरमणि पौडेलले थप प्रश्नको स्पष्ट जवाफ माग गर्दै सो जवाफ नआउन्जेल सम्म बैठक चल्न नदिने भनी बैठक अवरुद्ध गरे ।
माओवादी केन्द्रको अवरोध पछि सभामुख सानु कुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गर्नुभयो ।
प्रदेशसभा बैठकमा छलफलका लागि आज तयार गरिएको कार्यसूची माओवादी केन्द्रको अवरोधका कारण संसदमा पेश नै नभइ हटाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *