चार मन्त्रीको सांसद पद गयो

 

काठमाडौं । नेकपा (माओवादी केन्द्र) परित्याग गरेर नेकपा (एमाले) प्रवेश गरेका चारजना मन्त्री सांसद पद खारेज भएको छ ।

प्रतिनिधि सभाको बिहीबार बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको जानकारी गराउनुभयो ।

माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएर एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली ४ का लेखराज भट्ट, रौतहट ३ का प्रभु साह र कैलाली ३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिनुभएको थियो ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् । चारैजना सांसद मन्त्री हुनुहुन्छ ।