ट्रयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

 

चितवन । २५ मजदुर सवार ट्रयाक्ट पूर्वी चितवनको भण्डाराको पहाडी क्षेत्रमा दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । अन्य २० जना घाइते भएका छन् ।

घाइतेहरूको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सूर्यबहादुर थापाले बताउनुभयो । राप्ती नगरपालिका–११ को वडा कार्यालय भवन ढलान गरेर भण्डारा फर्कंदै गरेका मजदुर सवार ना१त ६२८२ नम्बरको ट्रयाक्टर चिउडेखोलामा दुर्घटना भएको हो । ट्रयाक्टर सडकबाट झन्डै दुई सय मिटर तल खसेको हो । पाँच जनाको मृत्यु भएको र अरूको अवस्था पनि गम्भीर रहेको छ । मृतक र घाइतेहरूको पहिचान खुलिसकेको छैन । घाइतेहरूलाई भरतपुरको सरकारी र दुवै मेडिकल कलेजका अस्पतालहरूमा भर्ना गरिएको छ ।’