एमाले बैठक वैशाख ६ मा

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउनु भएको छ ।
प्रधानमन्त्री ओलीले वैशाख ६ मा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाउनुभएको नेता शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
बैठकमा महाधिवेशन सम्पन्न गर्न गठित महाधिवेशन आयोजक समितिको काम र क्षेत्राधिकारबारे पनि छलफल हुने छ ।