भेरी अस्पतालमा ८१ को कोरोना परीक्षण गर्दा ७५ मा कोरोना
नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा ८१ नमूना परिक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । जसअनुसार संक्रमण दर ९२।६ प्रतिशत रहेको पाइएको छ ।
गएको एक साताको अवधीमा गरिएको परीक्षणको विष्लेशण गर्दा संक्रमण दर अति नै उच्च रहेकोले जिल्लामा कोरोना नियन्त्रण भन्दा बाहिर गैसकेको पुष्टि भएको भेरी अस्पतालका चिकित्सकहरुले जनाएका छन् ।
भेरी अस्पतालका प्रमुख डा। प्रकाश थापाले आइतवार मात्रै संक्रमण दर ९२।६ प्रतिशत रहेको भेटिएपछि आफुहरु निकै चिन्तामा परेको जनाउँदै समुदायस्तरमा धेरै ठुलो संख्या संक्रमण फैलिसकेको देखिएको बताउनुभयो ।
उहाँले अब समुदायस्तरमा परीक्षणको आवश्यकता रहेकोले त्यसतर्फ सबैले तत्काल नै ध्यान दिनु आवश्यक रहेको बताउनुभयो ।