एमाले केन्द्रीय कमिटी बैठक बस्दै

 

काठमाडौं । सत्तारुढ नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहान ११ः०० बजेपछि केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो ।

बैठकमा राजनीतिक प्रतिवेदन, कार्यविभाजन, केही संगठनात्मक प्रस्ताव, उपनिर्वाचनको तयारी र समसामयिक प्रस्तावलगायतबारे छलफल र निर्णय हुनेछ ।

एमालेको केन्द्रीय कमिटीलाई दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा रुपान्तर गरेपछि आज पहिलो बैठक बस्न लागेको हो। बैठकमा सबै सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ।