एकै दिन १ हजार ९६ जनालाई कोरोना

 

काठमाडौं । नेपालमा एकै दिन एक हजार ९६ जनामा कोराना भाइरस देखिएको छ ।

पीसीआर परीक्षणबाट एक हजार १५ तथा एन्टिजेन परीक्षणबाट ८१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताउनुभयो ।

थपिएकामा काठमाडौं उपत्यकाका मात्रै ४३५ जना हुन् ।

काठमाडौंका ३२६, ललितपुरका ६४ तथा भक्तपुरका ४५ जना हुन् ।

आइतबार २६२ जनामात्र संक्रमणमुक्त भएका छन् ।

संक्रमितको दर बढी मृतकको संख्या बढ्दै जाँदा संक्रमणमुक्त हुनेको दर घट्दै ९६ दशमलव ४ प्रतिशत पुगेको छ ।

यसैबीच, बैशाख ७ देखि ११ गतेसम्म कोभिड १९ को दोस्रो डोजको खोप लगाउँदै छ ।

यसअघि फागुन १० गतेसम्म कोभिशिल्ड खोप लगाएकाहरुले दोस्रो डोज लगाउनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *