सर्वोच्चको न्यायाधीशमा चुडाल र सुवेदी

maitrinews

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई मुख्य न्यायाधीशलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम न्यायपरिषद्को सिफारिसमा कुमार चुडाल र नहकुल सुवेदीलाई न्यायाधीश नियुक्त गर्नुभएको हो ।
न्यायाधीशमा सिफारिस गरिएपछि उहाँहरुको नाम संसदीय सुनुवाइबाट यसअघि नै अनुमोदन भइसकेको थियो । झापाका चुडाल यसअघि उच्च अदालत पाटनमा मुख्य न्यायाधीश हुनुहुन्थ्यो भने सुवेदी उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश रहनुभएको थियो ।