कालिञ्चोकमा पनि हिउँ पर्यो

 

काठमाडौँ । देशका अधिकांश क्षेत्रमा वर्षासँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ ।
वर्षासँगै आज विहान दोलखाको कालिन्चोकमा हिउँ परेको छ।

दोलखाको कालिञ्चोक, शैलुङ, गौरीशङ्कर, खरिढुङ्गा, च्योर्दुङलगायत उच्च क्षेत्रमा हिउँ परेको छ ।
उच्च हिमाली जिल्ला हुम्लामा पनि भारी हिमपात भएको छ ।