बाँकेमा तीन कोरोना संक्रमितको मृत्यु

 

नेपालगञ्ज । बाँकेमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । सल्यानका एक र बाँकेका दुई जना संक्रमितको मृत्यु भएको हो ।

बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६ का २८ वर्षीय मानबहादुर पुनको शुक्रबार बिहान मृत्यु भएको बताउनुभयो
साथै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत सल्यानको बनगाड ३ का ५६ वर्षीय वीरबहादुर नेपाली र बाँकेको जानकी १ की ७१ बर्षीया महिला सुमन पाठकको मृत्यु भएको हो ।