के रहला प्रदेश २ को नाम र राजधानी ?

maitrinews

 

जनकपुरधाम । प्रदेश नम्बर २ को नामाकरणका लागि ५ वटा नाम प्रस्ताव गरिएको छ ।

दोस्रो पटक थालिएको प्रक्रिया अन्तर्गत प्रदेशको नाम मधेश, जानकी, जनक, मिथिला–भोजपुरा र मध्य मधेश हुनुपर्ने प्रस्ताव दर्ता भएको छ ।

यसअघि २०७६ साल चैतमा प्रदेशको नाम र राजधानीका लागि शुरु गरिएको प्रक्रिया कुनै पनि नाममा दुई तिहाई नपुग्दा नामाकरण हुन सकेको थिएन। पुनः यो प्रक्रिया शुरु गर्नका लागि प्रदेश सभा सचिवालयले बैशाख ३ देखि ९ गते बिहीबारसम्मका लागि प्रस्ताव आह्वान गरेको थियो ।

प्रदेशको स्थायी राजधानीका लागि दुई ठाउँको नाम प्रस्ताव गरिएको छ । अधिकांश दलले जनकपुरधामलाई स्थायी राजधानी बनाउनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका छन् भने केही सांसदले बीरगंजलाई राजधानी बनाउनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका छन् ।