फ्लोर क्रस गरी सरकार ढाल्ने सूचना पाएसँगै बालुवाटारमा बन्यो रणनीति

maitrinews

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी ओलीविरुद्ध एमाले नेताव्दय माधवकुमार नेपाल र झलनाथ खनालले फ्लोर क्रस गरि अबिश्वासको प्रस्ताव नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरुले ल्याउन सक्ने सम्भावनाबारे आज बालुवाटारमा छलफल भएको छ । आज बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा उक्त विषयमा छलफल गरिएको हो । एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताब ल्याउन अधिकतम कोसिस भइरहे

को छ । उनका अनुसार एमाले नेता झलनाथ खनाल र माधब कुमार नेपाल समूहका सांसदहरुले फ्लोर क्रस गरेर ओली विरुद्धको अबिश्वास प्रस्ताव पारित र्ने षडयन्त्र गरेपछि उक्त विषयमा छलफल गर्न बालुवाटारको बैठकमा छलफल भएको हो । स्रोतका अनुसार नेपाल खनाल ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांगेस सभापति शेरबहादुर देउवासमक्ष यस्तो प्रतिबद्धता जाहेर गरेको तथ्य प्रधानमन्त्रीले थाहापाएपछि माधव नेपाल पक्षका केही सांसदलाई निष्काशन गर्ने तयारी गरेको छ ।