शंकर पोखरेललाई नै लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउने निर्णय

maitrinews

 

बुटबल । नेकपा एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्री पुनस् शंकर पोखरेललाई नै बनाउने निर्णय गरेको छ । आज बसेको नेकपा एमाले संसदीय दलको बैठकले पोखरेललाई नै पुनस् मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

प्रदेश सरकार गठनका लागि एमाले संसदीय दलको आज बुटवलमा बसेको बैठकले मुख्यमन्त्रीमा पार्टी स्थायी कमिटीका सदस्य पोखरेललाई अघि सार्ने निर्णय भएको सत्तापक्षका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो।

उहाँले एमालेको एकल बहुमतको सरकार गठनका लागि दाबी पेश गरिने जानकारी दिँदै संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठन हुने बताउनुभयो । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि रिक्त रहेको मुख्यमन्त्रीमा आज नै पोखरेलले शपथ लिने जनाइएको छ । लुम्बिनी प्रदेशमा ६ जना प्रदेश सदस्यमुक्त भएपछि अहिले प्रदेशसभामा ८१ जना सांसद छन् । त्यसमा एमालेका मात्र ४१ जना छन् ।