संसदको विशेष अधिवेशन आह्वान

maitrinews

 

काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद बैठकले संसदको विशेष अधिवेशनका लागि

राष्ट्रपतिसमक्ष सिफारिस गरे अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी छन् ।

नेपाल सरकारका एक मन्त्रीका अनुसार अहिलेको अन्योल चिर्नका लागि विश्वासको मत लिन आवश्यक रहेको हो।प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको भन्दै राष्ट्रपति भण्डारीले सोही प्रयोजनका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी हुन् । प्रधानमन्त्रीले आफूमाथि संसदको विश्वास छ वा छैन भन्ने यकिन गर्न जुनसुकै बेला विश्वासको मत लिन सक्छन् ।