विश्वासको मत लिन नसके चुनाव

 

काठमाडौँ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले संसदको विशेष अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरे अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेसँगै सरकारको भविष्यबारे वहस सुरु भएको छ ।

मुलुकको राजनीतिक अन्योल चिर्नका लागि विश्वासको मत लिन आवश्यक छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको भन्दै राष्ट्रपति भण्डारीले सोही प्रयोजनका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गर्नुभएको हो। प्रधानमन्त्रीले आफूमाथि संसदको विश्वास छ वा छैन भन्ने यकिन गर्न जुनसुकै बेला विश्वासको मत लिन सक्ने व्यवस्था छ ।
बैशाख २७ गते विशेष अधिवेशन आह्वानसँगै विश्वासको मत लिने प्रक्रिया सुरु हुनेछ । प्रधानमन्त्रीले विश्वासको मत लिन सकेको खण्डमा यही सरकारले निरन्तरता पाउने छ भने विश्वासको मत लिन नसके चुनावको घोषणा हुनेछ किनभने अर्को सरकार बन्ने सम्भावना कम रहेको छ ।