४५ जिल्लामा निषेधाज्ञा जारी

maitrinews

काठमाडौं । निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या ४५ पुगेको छ।
गृह मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार थप ९ जिल्लामा निषेधाज्ञा घोषणा गरिएको हो।

मन्त्रालयका अनुसार कपिलवस्तु र नुवाकोटमा आज बिहान ४ बजेदेखि तथा धुनषा र बागलुङमा आज बिहान ६ बजेदेखि निषेधाज्ञा लागू भइसकेको छ। यस्तै आजै राति १२ बजेदेखि दैलेख, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा लागू हुने मन्त्रालयले जनाएको छ।

यसैगरी भोलि २२ गते बिहान ५ बजेदेखि बाजुरामा निषेधाज्ञा लागू हुने मन्त्रालयको विवरणमा उल्लेख छ।