४ कोरोना संक्रमितको मृत्यु

maitrinews

 

कैलाली । आज बिहानै धनगढीमा चार जना संक्रमितको मृत्यु भएको छ ।बर्दिया, कञ्चनपुर, बझाङ र कैलालीका चार जनाको कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार धनगढी ७ कि ७७ वर्षीया महिला, बझाङका २६ वर्षीय पुरुष, कञ्चनपुरका ७१ वर्षीय पुरुष र बर्दियाका ३० वर्षीय पुरुषको धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।