केपी शर्मा ओली भारतको रोजाइ–प्रचण्ड होइन

Smrit

काठमाडौं। छिमेकी मुलुक भारतका भारतीय जनता पार्टी (भाजपा)का नेता सुब्रमन्यम स्वामीले नेपालमा भारतको रोजाइ केपी शर्मा ओली भएको बताएका छन् ।

नेपालमा नयाँ सरकार गठनका लागि प्रयास भैरहेका बेला भाजपा नेताले यस्तो बताएका हुन् । पूर्वमन्त्रीसमेत रहेका स्वामीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्ने दाबीसमेत गरेका छन् ।

सुब्रमन्यमले ट्वीट गर्दै भनेका छन्, ‘नेपालबारे मेरो जानकारीमा भएसम्म ओली भारतको रोजाइ थिए। प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्नेछ।’