संघ र महाविहारवाट कोरोना संक्रमितहरुको उपचारको लागि सहयोग

काठमाडौं। नेपाल परम्परागत बौद्ध धर्म संघ र नेपाल बज्रयान महाविहारले कोरोना संक्रमितहरुको उपचारमा सहजता मिलोस् भनेर सहयोग गरेको छ। कोरोना संक्रमितहरुको उपचारमा अत्यन्त आवश्यक अक्सिजन सहितको सिलिन्डर खरीद गर्न नेपाल परम्परागत बौद्ध धर्म संघ र नेपाल बज्रयान महाविहारले सहयोग गरेको हो।

नेपाल आविष्कार केन्द्रका प्रमुख डा.महाबीर पुनलाई ३ लाख २१ हजार २१५ रुपैया सहयोग स्वरुप हस्तान्तरण गरिएको छ। उक्त सहयोग रकम नेपाल बज्रयान महाविहारका महास्थविर संघ रत्नबज्राचार्यले गरेका हुन्।

नेपाल परम्परागत बौद्ध धर्म संघ र नेपाल बज्रयान महाविहार, लुम्बिनीको आयोजनामा गत बैशाख २९ गते देखि जेष्ठ ४ गतेसम्म एक सप्ताहब्यापी संपन्न सप्तविधानुत्तर ध्यान प्रशिक्षण कार्यक्रममा सहभागी १३६ जना साधक–साधिकाहरुवाट प्राप्त संकलित उक्त रकम कोरोना संक्रमितहरुको उपचारमा सहजताको लागि प्रदान गरिएको जनाइएको छ।