राष्ट्रपतिको स्वविवेकीय अधिकारको प्रयोग गर्दा उजुरी लाग्दैन : प्रम केपी ओली

maitrinews

काठमाडौं । आइतबार बालुटावारमा प्रेस चौतारीआवद्ध पत्रकारहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस ‘प्रचण्डपथ’ मा हिँडेको भन्नुभएको छ। ‘उहाँले भन्नुभयो , ‘मलाई नेपाली कांग्रेसको जस्तो पार्टीको बोली सुनेर आश्चार्य लागेको छ । नेपाली कांग्रेस उत्तेजना र आवेशमा प्रचण्ड पथको पिछलग्गु हुन थालेको जस्तो लाग्यो ।’

आइतबार बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले खोपलाई चुनावी खर्चसँग जोडेकोमा असन्तुष्टि जनाए ।  ‘जनतालाई भावनामा बगाएर सार्वभौमसत्ता प्रयोग गर्नबाट बन्चित गराउनु सेन्टिमेन्टल ब्याकमेलिङ हो’ उनले भने, ‘सार्वभौसमत्ताको प्रयोग र उपचार पाउने हक बेग्लाबेग्लै हो ।’ उहाँले भन्नु भयो चुनाव अगाडि नै सबै जनतालाई खोप लगाउने प्रयासमा सरकार रहेको छ ।

यस्तै अर्को प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले यही सरकारलाई चुनावी सरकार बनाउन प्रस्ताव गरेका हुन् । उहाँले भन्नुभयो , ‘७ वटा मन्त्रालय खाली नै छन् । संविधानले २५ भन्दा बढी बनाउन नपाउने भनेको छ । दलहरुको संसदको हैसियत अनुसार बाँडेर यही सरकारलाई राष्ट्रिय सरकार बनाउन सकिन्छ । यही सरकारलाई चुनावी सरकार बनाउन सकिन्छ ।’

नेपाली कांग्रेसका सभापति देउवाले आफू प्रधानमन्त्री बन्न अरू दलका सांसदहरुको र्किते हस्ताक्षर गरेर लगेको दाबी प्रधानमन्त्री ओलीले गरे। ‘र्किते नाम लिएर राष्ट्रपतिकोमा जानु, प्रधानमन्त्री बन्नका लागि अरु पार्टी बागी विद्रोही श्रृजना गर्नु लोकतन्त्रलाई नसुहाउने कुरा भन्नु भयो ।  धेरैले आफुले हस्ताक्षर नगरेको भनेर विज्ञप्ति निकालेका छन्। लोकतन्त्र भनेको अनुसासित प्रणाली हो। अराजकता होइन । अनुसासनहिनता होइन । जसपा बाट ३२ जना सांसद भएको ठाउँमा १२ जनालाई हस्ताक्षर गराएर, पार्टी अनुसासन तोडाएर, विभिन्न खालका अनुचित हत्कण्डाहरु प्रयोग गरेर । यो परिपाटी बसाउदै जाने हो भने हामी कहाँ पुग्छौ ?’ उनले संसदीय गणितमा फोहरी खेल भएको र सांसदह किन्ने र विक्रि हुने प्रवृत्ति छताछुल्ल भएको हुँदा पनि आफू भने संसद विघटन नहोस् भनेर जसपाको र आफ्नो (नेकपा एमालेको) पत्र लिएर प्रधानमन्त्रीको दाबी गर्न राष्ट्रपतिकोमा पुगेको बताए। दलीय अनुसासनको कुनै अर्थ छैन? विकेर विपक्षी दलको प्रधानमन्त्री बनाउने भनेर कुदेको छ । पवित्र गौ दान गर्न कुदेको हो ? आफ्नो र महन्थ ठाकुर र राजेन्द्र महत्को हस्ताक्षर सहितको समर्थनमा १ सय ५३ सिटको दाबी लिएर म राष्ट्रपति ज्यूकोमा गए। संसद विघटन नहोस् बैकल्पिक सरकार दिन सकियोस् भनेर।’ वैकल्पिक सरकारका लागि कहीँ कतै अवरोध नभएको र दुवै पक्षले तोकिएको समयमा आफ्नो दाबी गरेको भन्दै उनले समयलाई लिएर आलोचना गर्नु आलोचनाका लागि आलोचना मात्रै भएको बताए।

प्रश्नोउत्तरकै क्रममा एक राष्ट्रिय दैनिकको आइतबारको अंकको प्रथम पृष्ठमा कार्टुनिष्ट अविन श्रेष्ठले बनाएको कार्टुनप्रति प्रधानमन्त्री ओलीले आपत्ति जनाएका हुन्। कार्टुनमा प्रधानमन्त्री ओलीलाई राजाको रूपमा श्रीपेच लगाइदिएर उनको खल्तीमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई राखिएको छ। प्रधानमन्त्री ओलीले प्रेत संस्थाको खल्तीमा राष्ट्रपतिलाई राखेर गणतन्त्रको अपमान गर्न खोजिएको बताए। एउटा प्रेत संस्थाको खल्तीमा गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई राखेर गणतन्त्रकै अपमान गर्न खोजिएको छ। यो अभिव्यक्ति स्वतन्त्रताको दुरूपयोग हो,’ प्रधानमन्त्री ‌ओलीले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकार माथि कुनै पनि किसिमको उजुरी नलाग्ने बताएका छन्। राष्ट्रपतिलाई स्वविवेकीय अधिकार प्रयोग गर्ने व्यवस्था संविधानले नै गरेको भन्दै उनले गरेका काममाथि कुनै उजुरी नलाग्ने बताएका हुन्। राष्ट्रपतिले गरेको निर्णय विरुद्ध मोर्चावन्दी गरेर मुद्दा हाल्ने प्रयास भईरहेको खबर आफूले सुनेको भन्दै उनले जति जनाले मुद्दा राखे पनि त्यसको अर्थ नरहने बताए। ‘मोर्चा कसेर मुद्दा हाल्ने रे सच्चाईका लागि एक जनाले हालेपनि धेरैले मोर्चा कसेर हाले पनि त्यही हो । सच्चाई सच्चाई नै हो । न्याय प्राप्त गर्ने कुरामा मोर्चा कस्नुको कुनै अर्थ हुँदैन । राष्ट्रपतिको स्वविवेकीय अधिकारको प्रयोग गर्ने ठाउँ हो त्यसमा कुनै उजुरी लाग्दैन,’ उनले भने।