संवैधानिक व्यवस्था अनुसार बजेट : अर्थमन्त्री पौडेल

maitrinews

 

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले सरकारले सार्वजनिक गरेको बजेट कार्यान्वयन गरेर देखाउने बताउनुभएको छ ।

आगामी आर्थिक वर्षको बजेटको बचाउ गर्दै संवैधानिक प्रबन्ध अनुरूप नै बजेट ल्याइएको स्पष्टोक्ति समेत उहाँले दिनुभयो ।

बजेट निर्वाचन केन्द्रित रहेको र कार्यान्वयन गर्न निकै गाह्रो रहेको भन्दै केहीले आलोचना गरिरहेका बेला आज पत्रकार सम्मेलन गर्दै उहाँले सरकारले बजेट कार्यान्वयन गरेर देखाउने बताउनुभयो ।

आलोचनामा अभिव्यक्त भएका टिप्पणी सुन्दा पनि बजेट कार्यान्वयनबारे टिप्पणी सुनेको छु। म भन्न चाहन्छु यो बजेट कार्यान्वयन गरेर देखाउँछौँ, उहाँले भन्नुभयो ।
यो सरकारले यो बजेट कार्यान्वयन गर्छ। यसमा कुनै पनि किसिमको दुबिधा राख्नुपर्ने अवस्था छैन।
अर्थ मन्त्रालयले बजेट कार्यान्वयनबारे विषयमा विभिन्न मन्त्रालयहरूसँग सोमवारबाटै छलफल सुरु गर्ने पौडेलले जानकारी दिनुभयो।