प्रतिनिधिसभा विघटन मुद्दा नयाँ इजलासमा
काठमाडौँ । प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाईका गठन गरिएको संवैधानिक इजलासका दुई सदस्य न्यायाधीश दिपक कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट आफूलाई अलग गरेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले जेठ २३ गते नयाँ इजलास तोक्नुुहुने भएको छ ।
मंगलबारको इजलासमा प्रधानन्याधीश जबराले वरिष्ठताको आधारमा इजलास तोक्छु । त्यतिबेला रिट निवेदक र विपक्षी कसैले विवाद नगर्नुहोला भनेर आग्रह गर्न चाहन्छु,भन्नुभयो ।
इजलासमा नेकपा विभाजनसम्मन्धी फैलसा गर्ने न्यायाधीश बमकुमार श्रेष्ठ र त्यसमा पुनरावलोकन अस्वीकार गर्ने न्यायाधीश तेजबहादुर केसी समावेश भएको भनेर रिट निवेदकका कानुन व्यवसायीले प्रश्न उठाएका थिए । तर, मंगलबार दुवै न्यायाधीशले त्यो मुद्दाको प्रतिनिधिसभा विघटनसँग सम्बन्ध नभएको भन्दै इजलासबाट अलग हुन अस्वीकार गर्नुभयो । त्यसलगत्तै इजलासका सदस्यहरु दिपक कार्की रआनन्दमोहन भट्टलाईले त्यसमा असहमति व्यक्त गर्दै इजलास छोड्नुभयो । अनि प्रधानन्याधीशले नयाँ इजलास गठन गर्ने घोषणा गर्नुभयो