राजा वीरेन्द्रको बंश विनाश भएको दिन
काठमाडौं । २०५८ जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्ड भएको थियो । तत्कालीन राजा वीरेन्द्र शाहको बंश नाश भएको आज २० वर्ष पूरा भएको छ।
राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीसहित दरवारका अन्य १० पदाधिकारीहरुको हत्या भएको थियो । उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यमय नै छ ।
राजा वीरेन्द्रको बंश नाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । नेपालका राजनीतिक दलहरुले २०६२र६३ मा दोस्रो जनआन्दोलन चर्काए र नेपाललाई गणतान्त्रिक मुलुक नै घोषणा गरे । नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्ति र गणतन्त्र स्थापनाको घोषणा भयो । नेपालको इतिहासमा ज्ञानेन्द्र शाह अन्तिम राजा बने ।