कोरोनाबाट १०१ जनाको मृत्यु, ५३ सयमा सङ्क्रमण
काठमाडौँ । नेपालमा विगत २४ घण्टामा ५,३१६ जना कोभिड बिरामी थपिएका छन्।
त्यस्तै सो अवधिमा थप १०१ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले बताउनुभयो ।
कुल १६,८७८ नमुना परीक्षण गर्दा सो सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो। तीमध्ये ३,०७३ एन्टिजन परीक्षण हो जसबाट ७९२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ।
थप ७,२१९ जना भने सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।