फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि

maitrinews

 

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढाइएको छ।
नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले बढाएको हो।
नयाँ दरअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय २५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको आयल निगमले जनाएको छ।

यसअघि जेठ २ गते इन्धनको मूल्य बृद्धि गरिएको थियो।