थप ४ हजार ४७२ मा कोरोना
काठमाडौँ । २४ घण्टामा देशभर ३ हजार ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरिएको १२ हजार २ पीसीआर परीक्षणमा ३ हजार ३७० जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी, ५ हजार ९०१ एन्टिजेन परीक्षणमा १ हजार १०२ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ४ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना देखिनेको संख्या ५ लाख ९१ हजार ४९४ पुगेको छ ।