कोरोनाबाट थप ८१ जनाको मृत्यु, ४३ सयमा सङ्क्रमण

 

काठमाडौँ । नेपालमा विगत २४ घण्टामा ४,३४४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बुधवार मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले दिएको विवरणअनुसार थप ८१ जनाको कोभिड(१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।

कुल १६ हजार वटा नमुनाको परीक्षण गर्दा २८।६ प्रतिशत सङ्क्रमित भेटिएका हुन्।

विगत दुई सातामा कोभिड सङ्क्रमण बढी देखिएका जिल्लाको तथ्याङ्क बताउँदै पौडेलले भनेस् ूृतथ्याङ्क हेर्दो गाउँ गाउँमा कोरोना फैलिएको पुष्टि हुन्छ।ू

थप ६,५७० सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

नेपालमा कुल सङ्क्रमित सङ्ख्या छ लाख १५ हजार नाघेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *