राष्ट्रिय जनमोर्चाका सांसद थापा फेरि बर्खास्त

 

पोखरा । गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले दोस्रोपटक कारबाही गर्दै पदमुक्त गरेको छ । बिहीबार ह्वीप उल्लंघन गरेकाले थापालाई पदमुक्त गरिएको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिनुभयो ।

विश्वासको मत लिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावमा बिहीबार प्रदेशसभामा मतदान हुँदा विपक्षमा मतदान गर्न तथा तटस्थ नबस्न जनमोर्चाले ह्वीप जारी गरेको थियो ।

अध्यक्ष केसीले शुक्रबार बिहान बसेको केन्द्रीय समिति बैठकले थापालाई कारवाही गर्दै पार्टी सदस्य र सांसद समेत नरहने गरी कारवाही गरेको जानकारी दिनुभयो । यसअघि पनि थापालाई पार्टीले कारबाही गरेकोमा सर्वोच्चले पुनर्वहाली गरेको थियो ।