गण्डकीमा प्रदेशमा नयाँ सरकार गठन आह्वान

 

पोखरा । गण्डकी प्रदेशकी प्रमुख सीताकुमारी पौडेलले नयाँ सरकार गठनका लागि बहुमतको आधार प्रस्तुत गर्न सांसदहरुलाई आह्वान गर्नुभएको छ ।
मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले प्रदेश संसद्‌मा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि आह्वान गर्नुभएको हो । यसका लागि उनले जेठ २९ गते सम्मको समय दिनुभएको छ । विपक्षी गठबन्धनले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै बहुमत रहेको दावी गर्ने तयारी गरेका छन् ।