नेपालमा थपिए ३ हजार ३८४ जना सङ्क्रमित

maitrinews

 

काठमाडौँ । नेपालमा गत चौबीस घण्टामा ३३८४ कोरोनाभाइरसका सङ्क्रमितहरू थपिएका छन्। सोही अवधिमा मृत्यु हुनेको सङ्ख्या ६१ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सोही अवधिमा ६२९५ जना सङ्क्रमण मुक्त भएका छन्।

नेपालमा हालसम्म पुष्टि भएका कोभिड बिरामीको सङ्ख्या ६ लाख २२ हजार हाराहारीमा छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या ७५ हजारभन्दा केही बढी छ।

त्यस्तै कुल मृत्यु हुनेको सङ्ख्या ८ हजार तीन सय नाघेको छ।

मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत २४ घण्टामा कुल १४ हजार ४९४ जनाको परीक्षण गरिएको थियो। ती मध्ये ८५०६ जनाको पीसीआर र ५९८८ जनाको एन्टिजन विधिबाट परीक्षण गरिएको थियो ।

पछिल्लो समय कोभिड हुनेहरूमध्ये सबभन्दा धेरै उमेर समूह २१ देखि ४० वर्षको रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ।