युरो २०२० मा बेलायतको विजयी सुरुआत

maitrinews

 

लन्डन । बेलायतले युरो २०२० मा दुर्लभ विजयी सुरुआत लिएको छ । उसले यसका लागि क्रोएसियालाई १–० ले हरायो । वेम्बलीमा भएको समूह ‘डी’ को खेलमा रहिम स्टर्लिङ निर्णायक गोल गरे ।
युरो इतिहासमा इंग्ल्यान्डले आफ्नो पहिलो खेलमा जित निकालेको यो पहिलोपल्ट हो । स्टर्लिङले ५७ औं मिनेटमा गोल गरे र यसका लागि केल्भिन फिलिप्सको सटिक पासमा बललाई पोस्टको दिशा दिए ।
स्टर्लिङले इंग्ल्यान्डका लागि १७ खेलमा १३ गोल गरेका छन् । कुनै ठूलो प्रतियोगितामा भने उनको यो पहिलो गोल हो । खेलको सुरुदेखि इंग्ल्यान्डले क्रोएसियालाई दबाबमा राखेको थियो । यस क्रममा विश्वकपको उपविजेता टिमले सटिक आक्रमण बुन्न सकेन् ।
त्यस विश्वकपको सेमिफाइनलमा क्रोएसियाले इंग्ल्यान्डलाई नै हराएको थियो । अहिले प्राप्त जितपछि इंग्ल्यान्डले त्यसको मीठो बदला भने लिएको छ ।