गौतम र पौडेलबीच भेटवार्ता

 

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट माधव नेपाल पक्षसहितको स्थायी कमिटी बैठक बोलाउने तयारी गरिरहेको चर्चाबीच उपप्रधानमन्त्रीसमेत रहेका एमाले नेता विष्णु पौडेलले नेता वामदेव गौतमसँग भेटवार्ता गर्नुभएको छ ।

‘उहाँहरू छिमेकी हुनुहुन्छ, त्यस्तो कुनै विषयवस्तुकै लागि मात्र नभएर पनि भेटघाट गर्नुहुन्छ,’ गौतमको सचिवालय स्रोतले भन्यो।

उपप्रधानमन्त्री पौडेलले नेता गौतमलाई भैंसेपाटीस्थित गौतमकै निवास पुगेर भेट्नुभएको हो ।

विष्णु पौडेलसहित ओली पक्षका दोस्रो तहका नेता एमालेका दुई पक्षको मिलन गराउन प्रयासरत छन्।