युरोकपमा स्विडेनसँग स्पेनको गोलरहित बराबरी
सेभिया । स्पेनले युरो २०२० को समूह ‘ई’ को खेलमा स्विडेनसँग गोलरहित बराबरी खेलेको छ । खेलमा पूर्णतः नियन्त्रण राखे पनि स्पेनले गोल निकाल्न नसकेको हो ।
लुइस एनरिकको टिमले खेलमा लगातार आक्रमण गरेको थियो । जवाफमा स्विडेनले बलियो रक्षात्मक रणनीति तेर्स्याएको थियो ।
यसै समूहको यसअघिको खेलमा स्लोभाकियाले पोल्यान्डलाई २–१ ले हराएको थियो । यी नतिजापछि स्लोभाकिया तीन अंकसहित समूहको शीर्ष स्थानमा रह्यो भने त्यसपछि स्पेन र स्विडेन रहे ।
दुवैको एक–एक अंक भएको छ । पोल्यान्ड भने शून्य अंकमा पुछारमा छ ।