स्विजरल्याण्डलाई हराउँदै इटाली नकआउट चरणमा

 

काठमाडौ । स्वीट्जरल्याण्ड्सलाई ३ गोलअन्तरले पराजित गर्दै इटाली यूरोकप फुटबलको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ।

बुधबार राति लयमा रहेको इटालीले समूह एको खेलमा स्वीट्जरल्याण्डमाथि प्रभावशाली जित हात पार्दै नकआउट चरणमा स्थान बनाएको हो।

पहिलो खेलमा इटालीले टर्कीलाई पनि ३ गोलअन्तरले नै पराजित गरेको थियो। इटालीको जितमा म्यानुयल लोकाटोलीले दुई तथा किरो इमाबिलोले एक गोल गरे।

जितसँगै इटाली ६ अंकसहित समूहको शीर्षमा रहँदै नकआउट चरणमा प्रवेश गरेको हो। स्वीट्जरल्याण्ड भने १ अंकसहित तेस्रो स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *