काठमाडौं उपत्यकामा फेरि थपिँदै निषेधाज्ञा

 

काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि फेरि थपिने भएको छ। भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार यस विषयमा छलफल गर्न आज अपराह्न ४ बजे उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक बस्दै छ।

‘अबको निषेधाज्ञाको मोडल कस्तो हुने भन्ने टुंगो लागिसकेको छैन,’ प्रमुख जिल्ला अधिकारी भट्टराईले अबको निषेधाज्ञा पहिलेभन्दा अरू खुकुलो हुने जानकारी दिनुभयो ।

उहाँका अनुसार निषेधाज्ञाको अवधि कम्तीमा अरू एक हप्ता थप्नेबारे छलफल भइरहेको छ। यसअघि घोषित निषेधाज्ञाको अवधि असार ७ गते बाट सकिँदै छ।