राजधानीका सडकमा सवारी चाप
काठमाडौँ । उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएपछि सडकमा सवारी चाप बढेको छ
उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले बार तोकेर विभिन्न पसल सञ्चालन गर्ने अनुमति दिइएको छ । उपत्यकाका तीन जिल्ला ९काठमाडौँ, ललितपुर र भक्तपुर०का प्रमुख जिल्ला अधिकारीसहित आइतबार बसेको संयुक्त बैठकले उक्त आदेश जारी गरेको हो ।
आजदेखि असार १४ गते राति १२ बजेसम्म उक्त आदेश लागू हुनेछ । यसपटक साना सवारी साधन कार जीप, भ्यानमा बढीमा चार जना, ट्याक्सीमा तीन जना रहने गरी र मोटरसाइकल, स्कुटरमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।