कम्युनिष्ट पार्टीलाई लोकतान्त्रीकरण गर्ने नेता मदन भण्डारी

maitrinews

 

काठमाडौं । तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारीको ७० औँ जन्मजयन्ती आज मनाइँदैछ। मदनजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले विशेष कार्यक्रमको आयोजना गरेको छ ।
जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले विविध सचेतना मुलक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । तत्कालीन नेकपा एमालेका महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो । भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो । कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रीकरण गराउन ‘जनताको बहुदलीय जनवाद’ को सैद्धान्तिक कार्यक्रम ल्याउनुभएका भण्डारीको विशेष योगदान रहेको छ ।