युरोकपको सेमिफाइनलमा इटाली र स्पेन

maitrinews

 

लण्डन । क्वार्टरफाइनलमा बेल्जियमलाई २–१ गोलअन्तरले पराजित गरेको इटालीले यूरोकपको सेमिफाइनलमा स्पेनसँगको भेट पक्का गरेको छ।

शुक्रबार राति भएको क्वार्टरफाइनलको ३१औं मिनेटमा निकोला बेलरिल्लाको गोलसँगै इटालीले बेल्जियमविरुद्ध अग्रता बनाएको थियो।

यस्तै ४४औं मिनेटमा इटालीका लोरेन्जो इन्साइनले दोस्रो गोल
गरे ।

तर पहिलो हाफको इन्जुरी समयमा नै लोरेन्जोले जेरिमि डोकुलाई फउल गरेपछि बेल्जियमले पेनाल्टी पायो।

उक्त पेनाल्टी बेल्जियमका लागि गोल गर्दै रामेलु लुकाकुले खेल २(१ को अवस्थामा ल्याए।

दोस्रो हाफमा भने दुवै टोलीले गोल गर्न सकेनन।
यसैगरी स्विटरजल्याण्डमाथि संघर्षपूर्ण जित निकाल्दै स्पेन युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

शुक्रबार राति भएको पहिलो क्वार्टरफाइनलमा १० खेलाडीम सिमित स्वीटजरल्याण्डलाई टाईब्रेकरमा ३–१ ले हराउँदै स्पेन अन्तिम ४ मा पुगेको हो।

अब इटालीले सेमिफाइनलमा मंगलबार वेम्बली स्टेडियममा इटालीको सामना गर्नेछ।