संसद पुनर्स्थापना हुने प्रचण्डको दाबी

 

जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने दाबी गरेका छन्।

यसअघि पनि संसद विघटन हुँदा अदालतले नै संसद पुनर्स्थापना गरेको जिकिर गर्दै उनले फेरि पनि सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने बताए।

‘यसअघि पनि संसद विघटन हुँदा सर्वोच्च अदालतप्रति विश्वास थियो, यस पटक पनि अदालतले संसद पुनर्स्थापना गर्छ भन्ने हामीलाई विश्वास छ’, माओवादी केन्द्रका केन्द्रिय सदस्य महादेव यादवको निधनपछि श्रद्धाञ्जली अर्पण गर्न जनकपुरधाम पुगेका प्रचण्डले भने, ‘संसद पुनर्स्थापना मात्रै गर्दैन, सर्वोच्च अदालतमा बुझाएको १४६ संसदको हस्ताक्षरको आधारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश समेत जारी गर्ने हामीलाई विश्वास छ।’