अमेरिकी जोन्सन एण्ड जोन्सन खोप शनिबार नेपाल आइपुग्ने

maitrinews

 

काठमाडौं । अमेरिकाले नेपाललाई उपलब्ध गराएको कोरोनाविरुद्धको १५ लाख डोज खोप शनिबार नेपाल आउने भएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकाले नेपालाई १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराएको हो ।

साथै भुटानलाई ५ लाख डोज मोर्डना खोप उपलब्ध गराउने भएको हो । रोयटर्सले ह्वाइट हाउसका प्रवक्तालाई उद्धृत गर्दै उक्त खोप शनिबार नेपाल पुग्ने जनाएको हो । उता, चीनबाट खरिद गरिएको भेरोसेल खोपको आठ लाख डोज शुक्रबार विहान नेपाल आइपुगेको छ ।

सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख डोज भेरोसेल खोप खरिदको सम्झौता गरे अनुसार पहिलो खेप खोप नेपाल आएको हो ।

नेपाल वायु सेवा निगमको वाइडबडी विमान बिहीबार साँझ खोप लिन बेइजिङ गएको थियो ।