प्रधानमन्त्री ओलीव्दारा हेलम्बु र मेलम्ची क्षेत्रको अवलोकन

maitrinews

 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाढीपहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोक पुग्नुभएको छ ।

प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकोप्टर मार्फत हेलम्बु पुग्नुभएको हो । हेलम्बुको अवलोकन पछि प्रधानमन्त्री ओली आजै मेलम्ची क्षेत्रमा पुग्नु भएको छ । प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशबगर जाँदै हुनुहुन्छ । उहाँले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण पनि गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत हुनुहुन्छ । मनसुन सुरु भएसँगै यही असार १ गतेको अविरल वर्षाका कारण सो क्षेत्रमा बाढी पहिराबाट जनधनको क्षति भएको थियो ।