प्रतिनिधि सभा विघटन मुद्दाको फैसला हुँदै
काठमाडौँ । प्रतिनिधि सभा विघटन र प्रधानमन्त्री नियुक्तिसम्बन्धी मुद्दाको फैसला आज हुँदैछ ।
यही असार २१ गते सुुनुवाइ सकिएको मुद्दामा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको हो।
रिट निवेदक, सरकारी वकिल तथा निवेदका जवाफी बहस र एमिकस क्युरीको राय दिने प्रक्रिया सबै सकिइसकेको भए पनि अदालतले आज सोमबारसम्मका लागि मुद्दा हेर्दाहेर्दैमा राखेको हो।
संविधानको धारा ७६ ९५० अनुसार देउवाले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री पदको दाबी पेस गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूलाई झन् १५३ सांसदको समर्थन रहेको संसदीय दलको पत्र बुझाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैको दाबी खारेज गर्दै गत जेठ ७ गते मध्यराति प्रतिनिध सभा विघटन गरिन्। यसैविरुद्ध देउवाले पुनः आफूसमेत १४६ सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन्। हस्ताक्षरकर्तामा एमालेको माधव नेपाल पक्षका पनि २३ सांसद छन्।
प्रधानमन्त्री नियुक्ति र प्रतिनिधि सभा विघटन सम्बन्धमा पक्ष र विपक्ष गरी ३० वटा रिट निवेदन दर्ता भए पनि मूल निवेदक १४६ सांसदले दिएको मुद्दाको मात्रै सुनुवाइ गराइएको हो।